एआईजी सुशीलसिंह राठौरद्वारा बढुवा भएका इन्सपेक्टरलाई दर्ज्यानी चिन्ह सुशोभन
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यतामा गृह मन्त्रालयको निर्णयानुसार प्रहरी नियमावली, २०७१ संशोधन सहित को नियम १२९ को उपनियम २ र (२क) को देहाय (ख) बमोजिम जनपद तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक हरिशरण पौडेललाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा डिआईजी गोबिन्द थपलिया, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

