एसएसपी दयानिधि ज्ञवालीद्वारा प्राथमिक उपचार कक्षको समुद्घाटन तथा नाग पंचमीको अवसरमा पुजा आरधना कार्यक्रम सम्पन्न
लुम्बिनी प्रदेश सरकारको विनियोजित बजेटबाट लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको परिसरमा नव-निर्मित प्राथमिक उपचार कक्षको उक्त तालिम केन्द्रका समादेशक एसएसपी दयानिधि ज्ञवालीवाट समुद्घाटन सु-सम्पन्न भयो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी भौतिक पुर्वाधार शाखा दाङ तुल्सिपुरका प्रा.प्र.ना.उ. नितिन लाखे, तालिम केन्द्रका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु, लगायत सम्पुर्ण प्रशिक्षक वर्ग प्रहरी जवान आधारभुत तालिम ८-११४औ समुह तथा ८-११५औं समुहका प्रशिक्षार्थीहरुको उपस्थिति रहनुका साथै उक्त भवन निर्माण कम्पनी शान्भि ईन्जिनियरिङ् एन्ड कन्ट्रक्सन प्राइभेट लिमिटेडका प्रतिनिधि ईन्जिनियर समेत उपस्थिती रहेको थियो ।
साथै यस केन्द्रको परिसरमा रहेको नागको थानमा नाग पंचमीको अवसरमा केन्द्रमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीको उपस्थितिमा केन्द्रका समादेशकज्यु बाट नागको थानको पुजा आरधना गरी नाग पंचमी कार्यक्रम सम्पन्न ।

