महिला प्रहरी कर्मचारीहरूलाई लक्षित गरी Cancer Screening Test कार्यक्रम सम्पन्न
नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं १ नक्साल गणका प्रमुख एसपी अपिलराज बोहराको विशेष पहलमा Tangent Clubs of Nepal को सहकार्यमा महिला प्रहरी कर्मचारीहरूलाई लक्षित गरी Cancer Screening Test कार्यक्रम सम्पन्न ।
उक्त कार्यक्रमले महिलाहरुको क्यान्सरलाई प्रारम्भिक अवस्थामै पहिचान गर्न मद्दत गर्नुका साथै स्तन तथा पाठेघरको मुखको क्यान्सरको जोखिम समयमा नै पत्ता लगाउन सहयोग गर्ने र प्रारम्भिक पहिचानले उपचार प्रभावकारी हुनुका साथै स्वास्थ्य जटिलता र उपचार खर्च कम गर्न मद्दत गर्ने र नियमित Screening ले महिला प्रहरी कर्मचारीहरुमा स्वास्थ्य सचेतना र आत्मविश्वास बढाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरि गणमा कार्यरत महिला प्रहरी कर्मचारीहरू लाभान्वित भएका छन ।

