डिआईजी शेखर खनालद्वारा जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन प्रदान
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय सितागञ्जको निरीक्षण भ्रमण तथा अनुगमन गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा उहाँले कार्यालय, सम्पुर्ण शाखाहरु, हिरासत कक्ष तथा मेसको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आम नागरिक प्रति समान व्यवहार गर्दै प्रहरीको छवि सदैव उच्च राख्ने कार्यमा सवैले आ-आफ्नो पदिय दायित्व जिम्वेवारी पुर्वक निर्वाह गर्न निर्देशन दिनु भएको छ ।
• प्रहरी नायव महानिरीक्षक खनालले सुनसरी जिल्लामा खुल्ला सीमानाको कारण हुने भन्सार छली, चोरी तस्करी लगायत बिभिन्न अपराधिक घटना नियन्त्रण गर्न सीमा नाकाहरुमा प्रहरीको सक्रियता बढाउन,
• सङ्गठित अपराध, गुण्डागर्दी, साईबर अपराध लगायतका अपराधिक गतिविधिमा संलग्न ब्यक्तिहरुलाई पहिचान गरी कानूनी दायरामा ल्याउन,
• धार्मिक द्वन्द्व, साम्प्रदायीक सद्भाव भट्काउन खोज्ने, सामाजिक सञ्जालमार्फत अफवाह फैल्याउन खोज्नेहरूमाथि कडा निगरानी राखी पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न,
• नजिकिदै गरेको चाडपर्वहरुलाई लक्षित गरी सुरक्षा योजना बनाई प्रभावकारीरुपामा प्रहरी परिचालन गर्न,
• बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरणको लागी ट्राफिक चेकजाँच तथा सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिन निर्देशन दिनु भयो ।

