इन्स्पेक्टर सुरज खत्री साउन महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल भए
#अपहरणमा परेको युवकलाई सकुशल उद्धार गर्न सफल इन्स्पेक्टर खत्री उत्कृष्ट प्रहरीद्वारा सम्मानित
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर सुरज खत्री साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
#उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले अपराध अनुसन्धानमा उल्लेख्य काम गरेको भन्दै खत्रीलाई पुरस्कृत गरेका हुन्।
खत्रीको टिमले कलंकीबाट युवक अपहरण गरी नागार्जुनमा बन्धक बनाएको घटनाको अनुसन्धान गर्दै ७ जनालाई पक्राउ गरेको छ।
अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरमा कार्यरत खत्रीले अपराध अनुसन्धानमा उल्लेख्य काम गरेको भन्दै कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले पुरस्कृत गरेका हुन् ।
इन्स्पेक्टरले खत्रीले गुण्डागर्दी, अपहरण, हत्या जस्ता जघन्य अपराधको अनुसन्धान गरेका छन् । अपराध अनुसन्धानमा खत्री अब्बल मानिन्छन् ।
अपहरणमा परेका युवकलाई बन्धक बनाउँदै प्लाष्टिकको पाइपले पिटेर याताना दिने र १८ लाख फिरौती समेत माग गरिएको थियो । ती युवकलाई उद्दार गर्नुका साथै अपहरणमा संलग्न ७ जना पक्राउ परेका थिए ।
अपराध अनुसन्धान कार्यालयको इतिहासमै पहिलो पटक यही अपहरणको मुद्दा यो कार्यालयले आफैं चलाएको छ । यसअघिसम्म भने अनुसन्धान बाहेक मुद्दा चलाउने अधिकार यो कार्यालयलाई थिएन ।

