नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सव भव्य समारोहबीच मनाइँदै
नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवका अवसरमा नेपाल पुलिस क्लबमा विशेष समारोह आयोजना गरिएको छ।
समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन् भने नेपाल प्रहरीका आईजीपी दान कार्की विशिष्ट अतिथिका रूपमा उपस्थित छन्।
श्रीमती संघको सामाजिक तथा सेवामूलक भूमिकालाई स्मरण गर्दै आयोजना गरिएको समारोह विभिन्न कार्यक्रमसहित भव्य रूपमा सञ्चालन भइरहेको छ

