सशस्त्र आईजीपी नारायण दत्त पौडेलद्वारा बढुवा भएका कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले प्रधान कार्यालयमा बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक लगायत अवकाशपूर्व विशेष बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
साथै, उत्कृष्ट कार्य गरी २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा IG APF Commendation प्राप्त गर्ने सशस्त्र प्रहरी राष्ट्रसेवकहरूलाई Commendation समेत प्रदान गरी सुशोभित गर्नुभएको छ।

