“Best Police Of The Month” And
“Best Police Instructor Of The Month”
नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, नवलपरासीमा कार्यरत प्रहरी सहायक हवल्दार टिकाराम ढकाल र प्रहरी जवान राहुल परिवारले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै कर्तव्यनिष्ठ, बफादार र अनुशासित भई प्रशंसनीय र उल्लेखनीय कार्य गरेको हुँदा निज प्रहरी सहायक हवल्दार र प्रहरी जवानलाई क्रमशः २०८३ साल साउन महिनाको “उत्कृष्ट प्रहरी” (Best Police Of The Month) र “उत्कृष्ट प्रशिक्षक” (Best Police Instructor Of The Month) घोषणा गरि गण प्रमुख प्रहरी उपरीक्षक डिल बहादुर मल्लद्वारा प्रमाणपत्र प्रदान गरिएको छ ।

