डीएसपी टेकबहादुर रावत सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावत सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले साउन महिनाका लागि रावतलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै प्रशंसापत्र प्रदान गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार रावतले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी इकाइमा योजनाबद्ध रूपमा प्रहरी परिचालन गरी अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा समग्र शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गरेका थिए।
आम नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने तथा प्रहरी संगठनको गरिमा र श्रीवृद्धिमा पुर्याएको योगदानको उच्च कदर गर्दै उनलाई साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको पुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराईद्धारा हस्ताक्षेरित प्रशंसापत्रमा उल्लेख छ।

