इन्स्पेक्टर गंगा बुढाथोकीद्वारा हराएका मोबाइल फोनहरू खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण
जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा हराएका मोबाइल फोनहरू खोजतलास गरी आज एक कार्यक्रमका बीच इन्स्पेक्टर गंगा बुढाथोकीले सम्बन्धित धनीलाई हस्तान्तरण ।
मोबाइल हराएको भन्दै सेवाग्राहीहरूले जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको निवेदनपछि प्रहरीले प्राविधिक तथा अनुसन्धानात्मक विधिबाट खोजतलास अघि बढाएको थियो । सोही क्रममा विभिन्न स्थानबाट फेला परेका मोबाइलहरू आवश्यक प्रमाण र स्वामित्व पुष्टि गरी धनीलाई हस्तान्तरण गरिएको हो ।
प्रहरीका अनुसार मोबाइल हराएपछि नागरिकले तत्काल प्रहरीमा निवेदन दिनुपर्ने, मोबाइलको आईएमईआई नम्बर, खरिद बिल, मोबाइल नम्बर तथा सम्भव भएसम्म हराएको स्थान र समयबारे स्पष्ट विवरण उपलब्ध गराउनुपर्ने हुन्छ । यस्ता विवरणका आधारमा खोजतलास गर्न सहज हुने प्रहरीको भनाइ छ ।

