लागू औषध विरुद्ध झापा अभियान (JAAN)” अन्तर्गत फोटो प्रतियोगिताको बिजेता घोषणा तथा Poster Campaign कार्यक्रम सम्पन्न :
जिल्ला प्रहरी कार्यालय झापाद्वारा शुभारम्भ गरिएको Jhapa Action Against Narcotics (JAAN)–२०८३ अभियान अन्तर्गत जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ०८ स्थित एयरपोर्ट होटलको सभाहलमा इनर विल क्लव भद्रपुर झापा र भद्रपुर नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा विषेश फोटो प्रतियोगिताको लक्कि-ड्र मार्फत बिजेता घोषणा तथा Poster Campaign कार्यक्रम सम्पन्न भएको छ ।
इनर विल क्लव भद्रपुर झापाका अध्यक्ष दिक्षण शेर्पा राईको अध्यक्षता तथा भद्रपुर नगरपालिकाको नगरप्रमुख गणेश पोखरेल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काद्वारा नगरप्रमुखलाई अभियान सम्बन्धी पोस्टर हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा प्रहरी अधिकृत, सञ्चारकर्मी, जनप्रतिनिधिहरू, विभिन्न क्लव/संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न बिद्यालयका शिक्षक/शिक्षिका र स्थानिय मानिसहरु लगायत जम्मा ८० जनाको सहभागिता रहेको थियो ।

