“ELITE FIGHTERS KNOCKOUT FOOTBALL TOURNAMENT 2083” पहिलो उद्घाटन खेल सम्पन्न:
लागू औषध विरुद्ध सबै एकजुट बनौं भन्ने मुल नाराका साथ TWYC मोरङ, विराटनगरको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, मोरङको समन्वयमा “ELITE FIGHTERS KNOCKOUT FOOTBALL TOURNAMENT 2083” अन्तर्गत आजको पहिलो उद्घाटन खेल कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालको प्रमुख आतिथ्यतामा जीवनदृष्टी सामुदायिक पुनर्स्थापना केन्द्र र रिचमण्ड फिलोसिप नेपालबिच सम्पन्न भएको छ ।
उक्त प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै टीमबाट २/२ गोलको बराबरीमा सकिएको थियो भने पेनाल्टी सुटआउटमा रिचमण्ड फिलोसिप नेपालले ५-३ को जीत निकाली बिजयी सुरुवात गर्यो। खेलको म्यान अफ द म्याच हुन सफल रिचमण्ड फिलोसिप नेपालका जर्सी नम्बर ३ का सुशान्त घिमिरेलाई जिल्ला प्रहरी कार्यालय, मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले पुरस्कार वितरण गर्नु भएको थियो ।

