प्रहरी हवल्दार जित बहादुर थारु साउन महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत
प्रहरी चौकी दोभान, पाल्पामा कार्यरत प्रहरी हवल्दार जित बहादुर थारुलाई २०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषणा गरी नि. कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईबाट पुरस्कार तथा प्रशंसा-पत्र समेत प्रदान भएको ।
विभागीय आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी हवल्दार जित बहादुर थारुले मिति २०८३।०४।२१ गते जिल्ला पाल्पा तिनाउ गा.पा. ३ स्थित सिद्धार्थ राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा भन्सार छली तस्करी गरेको मदिरा सहित मानिस नियन्त्रणमा लिई शान्ति सुरक्षा अपराध नियन्त्रण तथा कानून कार्यन्वयनमा उत्कृष्ट भुमिका निर्वाह गर्नु भएकोले सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल साउन महिनाको सर्वोत्कृष्ट प्रहरी(BEST POLICE OF THE MONTH) प्रदान गरिएको ।

