इन्सपेक्टर सुजित देवकोटा श्रावण महिनाको ‘सर्वोत्कृष्ट ट्राफिक प्रहरी’ घोषित तथा पुरस्कृत
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख इन्सपेक्टर सुजित कुमार देवकोटा श्रावण महिनाको सर्व उत्कृष्ट ट्राफिक घोषित हुन सफल भएका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की तथा मातहत समेतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुले सम्पादन गरेको कार्य सम्पादन मध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षक सुजित कुमार देवकोटाले पेशागत जिम्मेवारी तथा पदियउत्तदायित्वलाई पुर्ण व्यवसायीकताकासाथ सम्पादन गदै कार्य उत्कृष्ट रहेको पाईएको हुँदा निजलाई सम्पादित कार्यको उच्च मुल्याङ्कन गरी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीका प्रमुख एसपी गोबिन्दराज काफ्ले तथा अन्य ट्राफिक कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम गरी २०८३ साल श्रावण महिनाको ‘सर्वोत्कृष्ट ट्राफिक प्रहरी’ (Best Traffic police of the month) घोषणा गरी पुरस्कृत गरिएको छ।

