बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि अवरुद्ध सडक तथा यातायात पूर्वाधार पुनः सञ्चालन गर्न वाग्मती प्रदेश सरकार तीव्र रूपमा जुटेको छ ।
मुख्यमन्त्री किरण थापा आज बिहानैदेखि चोगटे–सरमथली–जीरोकिलो हुँदै रसुवा जाने वैकल्पिक सडक निर्माणस्थलमा पुगेर डोजरसहित परिचालित टोलीसँगै कामको अवस्थाबारे जानकारी लिँदै समस्या समाधानमा जुटेका हुन्।

