नेपाल प्रहरीको ‘प्रहरी ब्याटन’ मा खटिएका एआईजी सहितको टोलीद्वारा कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण
नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन तथा सङ्गठनात्मक सुधारका प्रयासहरूमा असल अभ्याससहित पृष्ठपोषण गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएको “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)–२०८३” अन्तर्गत अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एवं नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख एआईजी शिद्धी विक्रम शाह, डिआईजी दिनेश कुमार आचार्य सहितको प्रहरी टोलीद्वारा
कर्णाली प्रदेश प्रहरी कार्यालय, वीरेन्द्रनगर, सुर्खेतको निरीक्षण सम्पन्न भएको छ ।
निरीक्षण भ्रमणका क्रममा निरीक्षण टोलीले कार्यालयको प्रस्तुतिकरण, कार्यालयका सम्पूर्ण शाखाहरू, अभिलेख व्यवस्थापन, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार व्यवस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिविधि, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था तथा शान्ति सुरक्षाका लागि प्रहरीले थालनी गरेका नयाँ अभ्यासहरू लगायतका विषयमा निरीक्षण तथा अवलोकन गर्नुभएको थियो । साथै, समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहज्यूले कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा वृक्षारोपणसमेत समेत गर्नुभएको थियो ।

