“सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै प्रहरीका असई पाण्डेको प्रशंसनीय र मानवीय कार्य 



काभ्रेभञ्ज्याङस्थित अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले चार दिनदेखि ग्यास अभावका कारण भोकै रहेका दृष्टिविहीन दम्पतिलाई ग्यास, चामललगायत अत्यावश्यक खाद्य सामग्री सहयोग गरेको छ ।

