अस्पतालबाट चोरी भएको बच्चालाई पर्साका एसपी पवन भट्टराईले यसरी गरेका थिए उद्धार
वीरगञ्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एकदिने नवजात शिशुलाई पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराई नेतृत्वको टोलीले १६ घण्टाभित्रै सकुशल उद्धार गर्न सफल भएको छ ।
बच्चा चोरी भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवन भट्टराई आफैँ अग्रसर भई प्रहरीको विशेष टोली परिचालन गरेका थिए । प्रहरीले तीब्रताका साथ नाकाहरू र सम्भावित स्थानहरूमा निगरानी बढाएर रातभर विशेष खोजी अभियान (अप्रेसन) चलाएको थियो

