प्रहरी जवानदेखि इन्स्पेक्टर सम्मको एक सफल यात्रा : कमलेश पासवानलाई आईजीपी दान कार्कीद्वारा दर्ज्यानी चिन्हद्वारा सुशोभन
कमलेस कुमार पासवान नेपाल प्रहरीमा एउटा उदाहरणीय र प्रेरणादायी नाम हो, जसले प्रहरी जवान पदबाट सेवा प्रवेश गरी खुला प्रतिस्पर्धा मार्फत सिधै प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा नाम निकालेर फुली लाउन सफल भएका छन्।
तल्लो तहबाट दुःख र मिहिनेत गर्दै संगठनको आन्तरिक वातावरण बुझेर नीतिगत र कमान्डिङ तह (इन्स्पेक्टर) मा पुग्ने उनको यो यात्रा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।
कमलेस पासवानको यो सफलताले “इच्छाशक्ति र कडा परिश्रम भएमा कार्यक्षेत्रमा जस्तोसुकै व्यस्तता भए पनि आफ्नो लक्ष्य हासिल गर्न सकिन्छ” भन्ने कुरा प्रमाणित गरेको छ। नेपाल प्रहरीका तल्लो तहका हजारौँ सुरक्षाकर्मीहरूका लागि उनी एउटा उत्कृष्ट रोल मोडल हुन्। अबको यात्राहरू पनि सफल रहुन् तपाईँलाई हार्दिक बधाई तथा धेरै धेरै सफलताको शुभकामना।

