प्रहरी कार्यदक्षता मूल्याङ्कनको एआईजी सहितको निरीक्षण टोलीद्वारा कर्णाली प्रदेश प्रहरी गणको निरीक्षण सम्पन्न
नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन गर्न तथा साङ्गठनिक सुधारका प्रयासहरूमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८३” को कार्यतालिका बमोजिम आज प्रहरी एकाइहरूको कार्यदक्षता मूल्याङ्कन समितिका संयोजक एवम् नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख एआईजी सिद्धी विक्रम शाह सहितको निरीक्षण टोलीद्वारा कार्यालयको प्रस्तुतिकरण, भौतिक पूर्वाधारहरूको अवस्था एवम् संरचना निर्माण, उपलब्ध साधनस्रोतहरूको व्यवस्थापन सदुपयोग तथा भए गरेका सिर्जनशील एवम् रचनात्मक कार्यहरू, हातहतियार खोलजोड, Unarmed Combat र भिड नियन्त्रण अभ्यास प्रदर्शन लगायत शाखाहरूबाट सम्पादित कार्यहरू अभिलेख व्यवस्थापन समेतका विषयमा निरीक्षण/अनुगमन र कर्णाली प्रदेश प्रहरी गण परिसरमा वृक्षारोपण समेत गर्नुको साथै यस गणमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन गर्नु भई निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ।

