नेपाल प्रहरी श्रीमती सङ्घद्वारा बाढी पीडित परिवारहरूलाई राहत सामग्री हस्तान्तरण
नेपाल प्रहरी श्रीमती सङ्घले विपद्को समयमा पीडितहरूलाई राहत सामग्री हस्तान्तरण गरेर देखाएको सक्रियता र मानवीय सेवा भावना वास्तवमै सराहनीय छ ।
नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष नविना कार्की सहितको टोलीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि खाद्यान्न, आवश्यक औजार, टेन्ट, र म्याट लगायतका राहत सामग्रीहरू वितरण । यसका साथै, विपद् उद्धारको अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सङ्घले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई मेडिकल सामग्रीहरू समेत हस्तान्तरण गरेको छ।
विपद उद्धारको अग्रपंक्ति (Frontline) मा अहोरात्र खटिने सुरक्षाकर्मीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, नुवाकोटलाई आवश्यक मेडिकल सामग्रीहरू समेत हस्तान्तरण गरिएको छ। विपद्को यो कठिन समयमा प्रभावित नागरिकको घाउमा मलम लगाउन र सुरक्षाकर्मीको मनोबल बढाउन नेपाल प्रहरी श्रीमती सङ्घले खेल्नुभएको यो मानवीय भूमिका अत्यन्तै प्रशंसनीय छ।

