एसएसपी मुकुन्द मरासिनी सहितको टोलीद्वारा कर्णाली प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म, जुम्लाको निरीक्षण
नेपाल प्रहरीको सांगठनिक सुधारका प्रयासहरुमा असल अभ्यासहरु सहित पृष्ठपोषण गर्ने, प्रहरी सेवा प्रवाहको स्तरमा सुधार गर्ने तथा प्रहरी कार्यालयहरुको प्रभावकारिता र कार्यदक्षता मूल्याकन गर्ने उद्देश्यले सञ्चालन गरिएको “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३” अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालयबाट पाल्नु भएका एसएसपी मुकुन्द मरासिनी सहितको प्रहरी टोलीद्वारा कर्णाली प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म, जुम्लाको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
निरीक्षण भ्रमणका क्रममा निरीक्षण टोलीले गुल्मको कार्यालयको प्रस्तुतीकरण, कार्यालयका सम्पूर्ण शाखाहरू, अभिलेख व्यवस्थापन, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार व्यवस्थापन, प्रशासनिक गतिविधि, विपद् व्यवस्थापन तथा प्रहरी कार्य, श्रोत साधन व्यवस्थापनको अवस्था तथा विपद् व्यवस्थापनको लागि प्रहरीले थालनी गरेका नयाँ अभ्यासहरू लगायतका विषयमा निरीक्षण तथा विपद् व्यवस्थापन सम्बन्धी नमूना प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।
साथै, एसएसपी मुकुन्द मरासिनीले कर्णाली प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म परिसरमा वृक्षारोपण गरी सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन समेत समेत गर्नुभएको थियो ।

