प्रहरी बरिष्ठ हवल्दार जीवन बोहरा ‘साउन महिनाको उत्कृष्ट’ प्रहरी घोषित तथा पुरस्कृत
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार जीवन बोहरा ‘साउन महिनाको उत्कृष्ट’ प्रहरी घोषित ।
बोहराले बनेपा–६ चण्डेश्वरी जंगलमा घुमफिर गर्न जाने ब्यक्तिहरुलाई हामी प्रहरी हो भन्दै डर त्रास देखाई लुटपाट तथा चोरी गर्ने बनेपा–१३ का ३६ वर्षीय अर्जुन बिसुंखे, बनेपा–५ का २८ वर्षीय विजय पहेँली र नमोबुद्ध नगरपालिका – ६ का सिद्धार्थ लामा पक्राउ कानुनी दायरामा ल्याउनुभएको थियो ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउन र उनीहरूको कार्यसम्पादनलाई प्रोत्साहन गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले उनलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ (Best Police of the Month) अवार्ड प्रदान गरेको हो।

