सीमा सुरक्षा र तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी झापाले पहिलोपटक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्यायोे
सीमा सुरक्षा र तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन झापा जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ गणले पहिलोपटक ‘गोप्रो क्यामेरा’ (GoPro Camera) प्रयोगमा ल्याएको छ। नेपाल-भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि र शंकास्पद गतिविधिलाई डिजिटल माध्यमबाट प्रमाणका रूपमा सुरक्षित राख्न यो प्रविधिको सुरुवात गरिएको हो ।
हाल सो गणले आफूसँग रहेको दुई वटा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो । सशस्त्र प्रहरी बल, नेपालको प्रमुख सीमा क्षेत्र काकडभिट्टामा परिचालित ‘बोर्डर इन्टरएक्सन टिम’ ले यस क्यामेराको उपयोग गरेको सम्भवत: नेपालमै यो पहिलो हो ।
झापा जिल्लामा हाल गणपतिको रुपमा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य सरुवा भई आए पछि यस गण विशेष रुपमा सक्रिय रहेको छ ।
यसै क्रममा सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा समेत सशस्त्र प्रहरीले उल्लेखनीय सफलता हासिल गरिरहेको छ भन्ने स्थानीय जनताबाट समेत प्रत्यक्ष सहयोग समेत भइरहेको बताइन्छ ।

