नेपाल तिमी एक्लो छैनौ, यो कठिन समयमा हामी साथमा छौ : सोनु सुद
नेपालमा आएको विपत्तिको घडीमा भारतीय अभिनेता सोनु सुदले भनेका छन् , ‘बाढीका कारण मानिसहरूले आफ्ना घर, परिवार र बाल्यकालसमेत गुमाएका छन्।
एकजुट भएर हामी उनीहरूका लागि नयाँ सुरुवातको बाटो बनाउन मद्दत गर्न सक्छौं।नेपाल तिमी एक्लो छैनौ। यो कठिन समयमा सम्पूर्ण राष्ट्र तिम्रो साथमा छ।

