आईजीपी दान कार्कीद्वारा प्रहरी केन्द्रिय विधि विज्ञान प्रयोगशालाको स्थलगत निरीक्षण
जिल्ला रसुवा भोटेकोशीको बाढिमा परी पहिचान खुल्न नसकेका शवहरुको DNA Profiling विधिबाट पहिचान गर्ने कार्यलाई थप प्रभावकारी र तत्परताका साथ अघि बढाउन प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी केन्द्रिय विधि विज्ञान प्रयोगशालाको स्थलगत निरीक्षण गर्नुका साथै खटिएको विदेशी विशेषज्ञ टोलीहरू समेतलाई निर्देशन प्रदान गर्नुभयो ।

