प्राविधिक प्रहरी जवान चिरञ्जीवी खत्री श्रावण महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत हुन सफल
प्रहरी सांगठनिक नीति निर्देशन बमोजिम तालुक कार्यालयहरुबाट प्राप्त निर्देशन तथा सुचनाहरुलाई आवश्यकता अनुसार तत्काल कार्यन्वयन गर्नुका साथै सवारी दुर्घटना, दैविक प्रकोप, कानुन विपरितका अवैध कृयाकलाप जस्ता घटनाहरुमा समयमै प्रहरी परिचालन गरी आफुलाई प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, बफदार र कर्तव्यनिष्ठ भई कुशलतापूर्वक निर्वाह गर्नु भएकोले सम्पादित कार्यको उच्च मुल्याङ्कन गरी जिल्ला प्रहरी कार्यालय तनहुका एसपी टेक कार्कीले श्रावण महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित तथा पुरस्कृत गर्नुभएको छ ।

