एआईजी हिमालय श्रेष्ठद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन
नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागका प्रमुख एआईजी हिमालय कुमार श्रेष्ठज्यूले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ। उक्त अवसरमा उहाँले कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाह र ट्राफिक व्यवस्थापनका सम्बन्धमा आवश्यक निर्देशन सम्बोधन तथा अन्तरक्रिया गर्नुभएको थियो।
एआईजी हिमालय श्रेष्ठले काठमाडौँ उपत्यकाको बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न आधुनिक प्रविधि, सिसीटिभी क्यामेरा मनिटरिङ र वैज्ञानिक प्रणालीको अधिकतम प्रयोग गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित चेकिङहरु तथा जनचेतनामूलक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन जोड दिनुको साथै ट्राफिक प्रहरी कर्मचारीहरूलाई सडकमा खटिँदा नागरिकसँग शिष्ट, नम्र र पारदर्शी व्यवहार गर्न तथा संगठनको छवि उच्च राख्न निर्देशन दिनुभएको छ ।
उक्त कार्यक्रममा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका उच्च अधिकारीहरू तथा मातहतका विभिन्न वृत्त/सेक्टरका ट्राफिक प्रहरी प्रमुख एवं कर्मचारीहरूको उपस्थिति रहेको थियो।

