चाडपर्वलाई लक्षित गर्दै मझुवादेउरालीमा यात्रु सहायता कक्ष स्थापना
चाडपर्वको समयमा गोरखा भित्रिने तथा गोरखाबाट बाहिरिने यात्रुहरूको सहजता र सुरक्षालाई मध्यनजर गर्दै प्रहरी चौकी मझुवादेउराली, गोरखाले यात्रु सहायता कक्ष स्थापना गरेको छ।
सहायता कक्षमार्फत यात्रुहरूलाई आवश्यक सहयोग, सहजीकरण तथा सुरक्षा सम्बन्धी सेवा प्रदान गरिनेछ।
सुरक्षित यात्रा गरौँ, चाडपर्वलाई खुसीयालीमय बनाऔँ।

