अवकाशपूर्व विशेष बढुवाबाट पदोन्नति भएका सशस्त्र डिएसपीलाई दर्ज्यानी चिह्न प्रदान
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहबीच सशस्त्र प्रहरी निरीक्षक पदबाट अवकाशपूर्व विशेष बढुवा भई सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ।

