एसपी पुष्पराज मल्लद्वारा महिला प्रहरी कर्मचारीसँग अन्तरक्रिया कार्यक्रम
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लको आतिथ्यमा सुनसरी जिल्ला तथा मातहतका कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा महिला प्रहरी कर्मचारीका कार्यअनुभव, कार्यस्थलमा देखिने चुनौती तथा समस्या, र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। साथै, महिला प्रहरी कर्मचारीका अनुभव तथा सुझावलाई सम्बोधन गर्दै कार्यसम्पादनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको थियो।

