कञ्चनपुरको बेलौरीमा डेंगु संक्रमणबाट एक युवकको मृत्यु भएको छ । जिल्लाकोे बेलौरी नगरपालिका–८ पचुइ स्कुल टोलका २८ वर्षीय हिक्मत खत्रीको डेंगुका कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।
![]()
अत्यधिक ज्वरो आएपछि धनगढी नोभा अस्पतालमा लगिएका उनको उपचारकै क्रममा गएराति मृत्यु भएको बताइएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका उनी एक हप्ता अगाडि मात्रै घर फर्किएका थिए । उनका श्रीमति र दुई छोरा रहेका छन् ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


