काठमाडौं क्षेत्र नम्बर–२, कीर्तिपुर निवासी रामचन्द्र अधिकारी (रामुन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का RAT विभागीय केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश समन्वयक हुन्। पार्टी निर्माणमा उनी अहोरात्र खटिने सक्रिय युवा नेता का रूपमा परिचित छन्।
व्यावसायिक पृष्ठभूमि भएका अधिकारी सामाजिक सेवामा सधैं सक्रिय रहँदै आएका छन्। पछिल्लो समय “राजनीतिमार्फत सेवा गर्नुपर्छ” भन्ने स्पष्ट धारणा सहित रास्वपामा आबद्ध भएका उनी अहिले काठमाडौं–१० बाट उम्मेदवारी दिने तयारीमा रहेको कुरा खुल्न आएको छ।
युवाहरूलाई राजनीतिमा प्रवेश गराउने सोच र व्यवहारका कारण पार्टीभित्र र बाहिर उनी लोकप्रिय मानिन्छन्। सालीन, इमानदार र सहयोगी स्वभाव का अधिकारीको सम्भावित उम्मेदवारीले रास्वपाभित्र हलचल पैदा गरेको छ।
एक स्थानीयका अनुसार, “उहाँ जस्तो असल र सक्रिय युवा नेताको उम्मेदवारीले रास्वपाले काठमाडौं–१० मा जित निकाल्ने सम्भावना बलियो देखिन्छ।”
अधिकारीको उम्मेदवारीको चर्चा सुरु भएसँगै काठमाडौं–१० को राजनीतिक माहोल पनि तातेको देखिन्छ।


