एआईजी ईश्वर कार्कीद्वारा विदाई तथा फेरि भेटौला कार्यक्रम
काठमाडौं उपत्यका प्रहरी कार्यालयका, कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट नेपाल प्रहरी प्रधान कार्यालय आईजीपी सचिवालय उजुरी छानविन महाशाखा सरुवा भएका एसएसपी नवराज अधिकारी र जिल्ला प्रहरी परिसर ललितपुरबाट नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल काठमाडौं सरुवा भएका एसएसपी होविन्द्र वोगटीको विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थित रहेको थियो ।

