एसपी वसुन्धरा खड्काद्वारा दमकका डिएसपी हरि बस्नेतसहितको प्रहरी टोलीलाई पुरस्कृत
दमककी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय दमकका डिएसपी हरि बस्नेत सहितको प्रहरी टोलीलाई पुरस्कृत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले रमा तिवारी हत्यामा उत्कृष्ट अनुसन्धान गरेर हत्यारालाई पक्राउ गर्न सफल भएको भन्दै दमकका डिएसपी हरि बस्नेतसहितको टोलीलाई उहाँले पुरस्कृत गर्नुभएको छ।
झापाको दमक नगरपालिका-८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या आरोपमा प्रहरीले भारतीय नागरिक रमेशकुमार पण्डितलाई पक्राउ गरेको छ ।

