एआइजी शिद्धी शाहको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न
“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २७ औं समूहको समापन कार्यक्रम सम्पन्नः
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा संचालन भएको अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level-II) तालिम” २७ औं समूहको आज राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भ।
उक्त कार्यक्रममा प्रमुख अतिथिले दिक्षित भई जाने प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण एवं उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन समेत गर्नुभएको थियो भने तालिम संयोजक प्रहरी नायब उपरीक्षक राजु पाण्डेले तालिम सम्बन्धी संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


