एसएसपी बीर बुढा मगरले सम्हाले बागमती प्रदेश प्रहरी तालिम केन्द्रको जिम्मेवारी
नेपाल सरकार, गृहमन्त्रालयको निर्णयानुसार बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा हाजिर हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर बुढा मगरले तालिम केन्द्रको समादेशकको पदभार ग्रहण गर्नु भएको छ ।
पदभार ग्रहण पश्चात बृक्षारोपण र अमर प्रहरीको सम्झनामा अमर प्रहरी शालिकमा माल्यार्पण गर्नुका साथै तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन गर्नु भएको थियो ।
सोही अबसरमा तालिम केन्द्रका प्रहरी निरीक्षक देवेन्द्र दासले प्रशासनिक, तालिम लगायत अन्य गतिविधि समेटिएको प्रस्तुतिकरण गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा तालिम केन्द्रमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । Bir Budha Magar
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


