एसपी अपील बोहराद्वारा वार्षिकोत्सवको अवसरमा विजेता खेलाडीलाई पुरस्कार प्रदान
नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ नक्सालका गण प्रमुख प्रहरी उपरीक्षक अपील राज बोहरा, सहायक गण प्रमुख युवराज भण्डारी, सिनियर प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुको सहभागितामा ५७ औं वार्षिकोत्सवको उपलक्ष्यमा गणमा संचालन भएका विविध खेलकुद कार्यक्रमहरुमा बिजयी हुन सफल प्रहरी कर्मचारीहरुलाई आज गण प्रमुख एसपी अपील राज बोहराको प्रमुख आतिथ्यतामा पुरस्कार, प्रमाणपत्र तथा सम्मान पत्र वितरण कार्यक्रम सम्पन्न ।
५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद कार्यक्रमहरुमा रस्साकस्सी खेल, हाजिरी जवाफ प्रतियोगिता, हतियार खोलजोड प्रतियोगिता, चम्चा गुच्चा दौड (५० मिटर) महिला र पुरुष, छोटो दौड पुरुष २०० मिटर ४० वर्ष भन्दा माथी र ४० वर्ष भन्दा तल, ब्याडमिन्टन, टेवल टेनिस, बोरा दौड, Musical Chairs, घैंटो फुटाउने प्रतियोता, फुटबल खेलहरु आयोजना भएको थियो, जसमा रस्साकस्सी खेलमा महिला तर्फ प्रहरी हवल्दार आशा थारुको समुह, हाजिरी जवाफ प्रतियोगितामा प्रहरी सहायक निरीक्षक दिवाकर पराजुलीको समुह, हतियार खोलजोड खोलजोड तर्फ प्रथम प्रहरी जवान नवाव कोईराला र द्वितिय प्रहरी जवान सुजन मग्राती, चम्चा गुच्चा दौड ५० मिटर महिला तर्फ प्रहरी जवान रन्जिना कुमारी चौधरी, चम्चा गुच्चा दौड ५० मिटर पुरुष तर्फ प्रहरी सहायक हवल्दार लक्ष्मण गुरुङ, छोटो दौड २०० मिटर ४० वर्ष माथी प्रहरी वरिष्ठ नायव निरिक्षक राजमान द्वारे र ४० वर्ष भन्दा मुनि प्रहरी जवान बाबुराम भुजेल, ब्याडमिन्टन खेलमा प्रहरी हवल्दार धन बहादुर स्याङतान र प्रहरी सहायक हवल्दार हरि बहादुर सिंह, टेवल टेनिस खेलमा प्रहरी हवल्दार राम कुमार कार्की प्रहरी सहायक हवल्दार हरि बहादुर सिंह, बोरा दौडमा प्रहरी वरिष्ठ नायव निरिक्षक राजमान द्वारे, प्रहरी सहायक हवल्दार ईन्द्रमणी पोख्रेल, प्रहरी जवान भिमा गुरुङ, Musical Chairs तर्फ प्रहरी कार्यालय सहयोगी सुविना थापा मगर, घैटो फुटाउने प्रतियोगितामा प्रहरी वरिष्ठ नायव निरीक्षक श्यामलाल श्रेष्ठ, फुटबल खेलमा द्वितिय गुल्म नं. २ र प्रथम मुख्यालय भएको थियो र फुटबल खेलमा सर्वाधिक गोलकर्ता जितेन्द्र खाँ थारु हुनुभएको थियो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


