एसएसपी सुरेश काफ्लेले दिए उपत्यकाका सम्पूर्ण ट्राफिक प्रहरीलाई कडा निर्देशन :
ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी, प्रविधिमैत्री र त्रुटिरहित बनाउन मातहतका कर्मचारीहरूलाई निर्देशन
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्ले ट्राफिक प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण, बोली वचन र ब्यवहार राम्रो हुनुपर्ने, सवारी चालकसँग मैत्रीपूर्ण ब्यवहार गर्ने, विभागको शुन्य-सहनशिलताको नितीलाई अक्षरस पालना गर्ने, काम कारवाही चुस्त दुरुस्त गर्नुपर्ने, आफ्नो स्वास्थ्य र सुरक्षाको ख्याल गरी उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रही चुस्त, दुरूस्त रुपमा ट्राफिक व्यस्थापन गर्न निर्देशन दिनुभएको छ ।
#सडकमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूको बोलीवचन, व्यवहार र आचरण सभ्य एवं अनुशासित हुनुपर्ने।
#सवारी चालक तथा आम सडक प्रयोगकर्ताहरूसँग सधैँ शिष्ट र मैत्रीपूर्ण व्यवहार गर्नुपर्ने।
#उपत्यकाको सवारी चाप र जामलाई कम गर्न कामकारबाही चुस्त र त्रुटिरहित बनाउनुपर्ने ।
#लामो समय सडकमा खटिनुपर्ने भएकाले आफ्नो स्वास्थ्य र व्यक्तिगत सुरक्षाको विशेष ख्याल राख्नुपर्ने र जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि उच्च मनोबलका साथ कर्तव्यनिष्ठ भई जिम्मेवारी पूरा गर्नुपर्ने विषयमा एसपी काफ्लेले निर्देशन दिनुभएको छ ।


