डिआईजी थपलियाको प्रमुख आतिथ्यतामा सरुवा भएका एसपी मान राईको सफलताको शुभकामना सहित विदाई
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाण्डौंको पत्रादेशानुसार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाबाट कोशी प्रदेश प्रहरी गण मोरङ् सरुवा भई जान लाग्नु भएका प्रहरी उपरीक्षक मान बहादुर राईलाई आज मिति मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोबिन्द थपलियाको प्रमुख आतिथ्यतामा माला, अबिर लगाई मायाको चिनो प्रदान गरी बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


