एसएसपी दयानिधि ज्ञवालीले सम्हाले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रको जिम्मेवारी
केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालय नक्सालबाट लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटलमा सरुवा हुनुभएका एसएसपी दयानिधि ज्ञवालीले आज कार्यालयमा हाजिर हुनुभई आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ ।
नेपाल सरकार, प्रधानमन्त्री एवम् गृह मन्त्रीस्तरको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशानुसार नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालबाट लुम्बिनी प्रदेश प्रहरी केन्द्रमा सरुवा भई आज हाजिर हुनु भएका एसएसपी दयानिधि ज्ञवालीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीमा समादेशकको पदभार ग्रहण गर्नुका साथै तालिम केन्द्रको वस्तुस्थिति बारे जानकारी लिइ प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन गर्नु भएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


