एसपी नवीन कार्कीको प्रमुख उपस्थिति प्रहरी बिट हस्तान्तरण कार्यक्रम सम्पन्न
होटल प्रतिनिधि समाज, पोखरा कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं.१७ बिरौटा चोक स्थित पोखरा महानगरपालिका वडा नं. १७ र वडा प्रहरी कार्यालय बैदाम कास्कीको सहकार्यमा प्रहरी बिट निर्माण गरी एक कार्यक्रमका बिच प्रहरीलाई हस्तान्त्रण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका, प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको प्रमुख उपस्थिति तथा पोखरा म.न.पा. वडा नं. १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीको विशेष उपस्थितिमा स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, बुद्धिजिवी, समाजसेवी, आमा समूह, विभिन्न क्लवका प्रतिनिधिहरुको उपस्थितिमा विट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्नु हुँदै प्रहरी उपरीक्षक नवीन कार्कीले नागरिक र प्रहरीको सहकार्यमा नै समाजमा शान्ति सुरक्षा, अमनचयन कायम गर्न सकिने कुरा राख्दै, नेपाल प्रहरीको दुःखलाई आत्मासाथ गर्दै आफ्नै दुःख सम्झिई प्रहरीलाई सहजताको लागि प्रहरी विट निर्माण गरी बुझाउनु भएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भयो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


