प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीको प्रमुख आतिथ्यतामा “लागूऔषध तथा मानसिक स्वास्थ्य” सम्बन्धि सचेतनामूलक
आसरा सुधार केन्द्र रानीबारी काठमाडौंको आयोजनामा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यतामा तथा उपत्यका प्रहरी कार्यालयका डिआईजी ओम अधिकारीको विशेष उपस्थितिमा लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्टिय दिवस जुन २६ को उपलक्ष्यमा विद्यालय स्तरिय “लागूऔषध तथा मानसिक स्वास्थ्य” सम्बन्धि सचेतनामूलक कार्यक्रम नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौँमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा श्रीमती संघका अध्यक्ष, उपाध्यक्ष, प्रशासन सचिव, कार्यक्रम सचिव, आसरा सुधार केन्द्रका पदाधिकारी, सोही केन्द्रका प्रशिक्षक, लागुऔषध परामर्शकर्ता, नेपाल पुलिस स्कुल सामाखुशीका विद्यार्थीहरु, शिक्षक तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


