इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठले सम्हाले पर्सा ट्राफिक प्रमुखको जिम्मेवारी : सफलताको शुभकामना
इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको प्रमुखको रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ।
सरुवा भई आज मात्र पर्सा पुगेका नवनियुक्त ट्राफिक प्रमुख इन्स्पेक्टर श्रेष्ठले कार्यभार सम्हाल्दै पर्सा जिल्लाको समग्र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने प्रतिबद्धता जनाउनुभएको छ।
जिल्लाका राजमार्ग तथा भित्री सडकहरूमा हुने दुर्घटना कम गर्न विशेष चेतनामूलक अभियान सञ्चालन गर्ने र वीरगन्ज लगायतका मुख्य बजार क्षेत्रमा हुने सवारी चाप (जाम) लाई व्यवस्थित बनाउने । चेकिङमा कडाइ: तीव्र गति, ओभरलोड, र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेहरूमाथि कडा निगरानी राख्ने बताउनुभएको छ ।

