एसएसपी शज्ञानेन्द्र फुयाँलद्वारा CAP अनुगमन तथा निर्देशन कार्यक्रम सम्पन्न”
नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शज्ञानेन्द्र प्रसाद फुयाँलले जिल्ला प्रहरी कार्यालय झापाको CAP (Crime Action Plan) अनुगमन तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
अनुगमनको क्रममा झापा कार्यालयको प्रहरी परिचालन कक्ष (कन्ट्रोल रुम) अपराध अनुसन्धान शाखाको अभिलेख व्यवस्थापन, मिसिल कागजात, हिरासत कक्ष, नागरीक सहायता कक्ष र महिला बालबालिका तथा ज्येष्ठ नागरीक सेवा केन्द्रको निरीक्षण तथा अनुगमन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगबाट सम्पादन गर्न निर्देशन समेत दिनु भएको थियो ।

