एआईजी उमा चतुर्वेदीद्वारा लागुऔषध दुर्व्यसन विरुद्ध सप्ताहव्यापी जनचेतना कार्यक्रमको समुद्घाटन
इलाका प्रहरी कार्यालय कृष्णनगर, कपिलवस्तुको आयोजना कृष्णनगर नगरपालिकाको कार्यालय, कपिलवस्तुको सहकार्यमा कृष्णनगर स्थितको कृष्णनगर नगरपालिकाको सभाहलमा प्रहरी प्रधान कार्यालय, कार्य विभाग प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीको प्रमुख आतिथ्यतामा “लागू औषधको चुनौती चिनौं: सामाजिक समाधानको बाटो खोजौं” भन्ने मुल नाराका साथ लागुऔषध दुर्व्यसन विरुद्धको सप्ताहव्यापी जनचेतनामुलक कार्यक्रमको समुद्घाटन ।
कार्यक्रममा नगरप्रमुख,उपप्रमुख,जिल्ला सुरक्षा समितिका पदाधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं बिभिन्न विद्यालयका शिक्षक, स्थानिय तहका जनप्रतिनिधि तथा पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, संचारकर्मीहरु, स्थानियवासीहरुको उपस्थिती रहेको थियो । सप्ताहव्यापी कार्यक्रम निम्नानुसार स्थान र समयमा हुने समेत जानकारीको लागी सुचित गरिन्छ ।

