एआईजी ईश्वर कार्कीद्वारा एसएसपीको बिदाई तथा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख एआईजी ईश्वर कार्कीको उपस्थितिमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका रानीपोखरीबाट सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, डोटी सरुवा भई जान लाग्नु भएका एसएसपी प्रबिण धितालको “विदाई तथा प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक बिनोद तामाङलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ ।
उक्त बिदाई तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

