एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा भवन मर्मत कार्यमा सहयोग गर्ने दाताहरूलाई सम्मान
“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत “हाम्रो प्रहरी” कार्यक्रमलाई लक्षित गरी सामुदायिक सेवा केन्द्र , सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको आयोजनामा GEN-Z प्रदर्शनबाट क्षतिग्रस्त सामुदायिक सेवा केन्द्रको भवन मर्मत कार्यमा नगद तथा जिन्सी सहयोग गर्ने दाताहरुलाई सम्मान र ताम्रपत्र अनावरण कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष मिना सिवाकोटीको सभाध्यक्षता र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न ।
उक्त कार्यक्रममा काठमाडौँ परिसरका प्रमुख एसएसपी दिलिप घिमिरे, प्रहरी वृत, महाराजगंजका डिएसपी नवराज पोखरेल, प्रहरी प्रभाग, नयाँ बसपार्कका प्रमुख श्री शंकर श्रेष्ठ, ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कका प्रमुख राजेश सिलवाल ज्यू, टोखा नगरपालिका वडा नं ०९ का अध्यक्ष श्री रामभक्त घिमिरे, नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौला (सरोज), बुद्धिजिवी, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, कार्य समिति पदाधिकारी, संचारकर्मी, सदस्य, सम्पूर्ण आजिवन तथा साधारण सदस्य ज्यूहरु,र सामुदायिक प्रहरीको उपस्थिति रहेको थियो ।

