एआईजी उमा चतुर्वेदीद्वारा निरीक्षण, अनुगमण तथा निर्देशन सम्बोधन कार्यक्रम
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी निरीक्षण तथा अनुगमनको क्रममा जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु पुगेर उक्त कार्यालयको निरीक्षण अनुगमन गर्नु भई कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ।
एआईजी उमा चतुर्वेदीले कार्यालय तथा मातहत समेतमा कार्यरत रहेका सम्पुर्ण प्रहरीलाई कर्तव्य, अनुशासन, आचरण र सेवा भावमा सुदृढ रहि उच्च मनोबल र व्यावसायिक निष्ठाका साथ सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक व्यवस्थापनमा प्रभावकारी ढंगले संगठनको श्रीबृद्धि हुने गरी कर्तव्य निर्वाह गर्न हुन आवश्यक निर्देशन समेत दिए ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


