पोखरामा प्रदेश स्तरिय एक दिवसिय अपराध अनुसन्धान समिक्षा गोष्ठी सम्पन्न
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको समन्वयमा जिल्ला कास्की, पोखरा १७ ड्यामसाईड स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा गण्डकी प्रदेश सरकारका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा एक दिवसीय “प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी” सम्पन्न भएको छ ।
गोष्ठीलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी माननिय मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपराध अनुसन्धानमा खटिने प्रहरी अधीकृतहरुले व्यवस्थित एवम् प्रमाणमुखी न्यायिक प्रकृयामा निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्नुपर्नेमा जोड दिदै अपराध अनुसन्धानलाई बैज्ञानिक रुपमा बिकास गर्न प्रदेश सरकार सधै तत्पर रहेको तर संघ सरकारसंग बाझिएका कानुनी जटिलताले सवै प्रयास सार्थक हुन नसकेको उल्लेख गर्नुभयो ।
गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी बरिष्ठ उपरीक्षक मुकुन्द मरासिनिले कार्यक्रमको औचित्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो भने कास्की जिल्लाका प्रमुख जिल्ला अधीकारी कुमान संह गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेशका मुख्य न्यायधिबक्ता चिरन्जिवी शर्मा पौडेल, उच्च सरकारी वकिल कार्यालय पोखराका उप- न्यायधिवक्ता स्वतन्त्र न्यौपाने, कास्की जिल्ला अदालतका माननिय न्यायधिस हिमलाल बेल्बासेले लगायतले प्रविधीमैत्री अपराध अनुसन्धानमा जोड दिदै जिल्ला सरकारी वकिल कार्यालय, उच्च हदालत र प्रहरीमा एउटै अभिलेखिकरण प्रणालीको बिकास हुनुपर्ने उल्लेख गर्नुभएको थियो ।

